फोटो फिचर

एमसीसीको बानेश्वर विरोध

...जहाँ गोली चल्यो, आगो बल्यो, धुँवा उड्यो [फोटो फिचर]

अनुज बज्राचार्य |
फागुन ८, २०७८ बजे

ग्राफिक्स : यमन मानन्धर

काठमाडौँ : एमसीसीको विरोधमा आइतबार दिनभरजसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयाेगका क्रममा प्रहरीले रबरकाे गाेली चलाएकाे थियाे ।


सरकारले एमसीसी सदनमा टेबल गरेसंगै काठमाडौंमा विरोधले उग्र रुप लिएको हो । सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकटका भ्रातृ संगठन एमसीसीका बिरोधमा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आइतबार दिनभर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडप भएको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीका साथै दर्जनौ सेट अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले पनि टायर बालेर प्रदर्शन गरेका थिए । केही प्रदर्शनकारीले आगो बालेर स्वाहा भन्दै सडकमै एमसीसीको विरोध गरेका थिए । 

प्रहरीले अश्रग्यास हान्दा सडकमा धुँवा उडेको थियो । जसले प्रहरीलाई तितरबितर समेत पारेको थियो । तर प्रदर्शनकारीमाथि ढुंगा हान्न भने छाडेनन् । झडपमा प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । 

 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार