फोटो फिचर

५ फोटोमा एमसीसीको दाहसंस्कार ! [फोटो फिचर]

अनुज बज्राचार्य |
फागुन ६, २०७८ बजे

काठमाडौँ : अमेरिकी सहायता परियोजना एमसीसीको चर्को विरोध चलिरहेको छ । सत्ता गठबन्धनमै रहेका माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताले सडकमा दैनिकजसो विरोध प्रदर्शन चर्काएका हुन् ।


शुक्रबार पनि उनीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । तर शैली भने केही फरक देखियो ।

सुरुमा नाराबाजीसहित प्रदर्शन गरेका उनीहरुले पछि भने एमसीसीको दाहसंस्कार झल्किने गरी शव र्‍याली निकालेर दाहसंस्कार गरेका छन् ।

‘म एमसीसी हुँ’ लेखिएको डमी बनाएर त्यसलाई कात्रोले बेरेर उनीहरुले सडकमा ल्याएर जलाएका हुन् । एमसीसी संसद्बाट पारित गर्न नहुने भन्दै उनीहरुले सडक प्रदर्शन चर्काउँदै एमसीसीको दाहसंस्कार गरेको झल्को दिएका हुन् । 

 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार