फोटो फिचर

एमसीसीको विरोधमा टायर बालेर प्रदर्शन [फोटो फिचर]

अनुज बज्राचार्य |
फागुन ६, २०७८ बजे

काठमाडौँ : नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । एमसीसीको विरोधमा उनीहरुले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । 


उनीहरुले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन भएपछि संसद् भवन छेउछाउ बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रदर्शनका क्रममा ‘नो एमसीसी, एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने जस्ता नारा लगाइएको थियो । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार