फोटो फिचर

जोर बिजोरमा कडाइ, यात्रुलाई सास्ती [फोटो फिचर]

अनुज बज्राचार्य |
माघ ९, २०७८ बजे

काठमाडौं : उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयनका लागि कडाई गरिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागू गरेसँगै विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले जाँचमा कडाई गरिएको हो । प्रहरीले नियम उल्लंघन गरेर चलाइएका सवारी साधानलाई होल्डमा राख्ने गरेको छ । जोर बिरोजको नियम सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमासमेत लागू गरिएको छ ।

निकै संक्रामक मानिएको कोरोना भाइरस फैलिएसँगै प्रशासनले यसअघि भिडभाड हुने गतिविधिमा समेत रोक लगाइसकेको छ । माघ ७ गतेबाटै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय भइसकेको छ ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार