फोटो फिचर

पाँच वर्षपछि मुस्कुरायो रानीपोखरी

राष्ट्रपतिले गरिन् उद्घाटन (फोटोफिचर)

सुनीता साखकर्मी |
कात्तिक ५, २०७७ बजे

उद्घाटनपछि रानीपोखरी । तस्बिरहरु : सरोज बैजु

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गरेकी छन् । १२ बैशाख २०७२ मा गएको भूकम्पले क्षति भएको रानीपोखरीको २ माघ २०७२ मा राष्ट्रपति भण्डारीले शिलान्याश गरेकी थिइन् । 

त्यसबेला रानीपोखरी लगायत मुलुकका भुकम्पले क्षति भएका सांस्कृतिक सम्पदालाई बलियो र मौलिक स्वरुपमै पुनर्निर्माण गर्न लिएको अठोट पुरा भएको राष्ट्रपति भण्डारीले बताइन् ।


प्रताप मल्लको पालामा निर्माण भएको रानीपोखरीका माध्यमबाट वर्तमान पुस्तालाई लोककल्याणकारी र सामाजिक क्षेत्रमा कार्य गर्न प्रेरणा मिल्दै आएको महशुस भएको राष्ट्रपति भण्डारीले बताइन् । विगतको गुम्बज शैली, प्रताप मल्लको ग्रन्थकुट शैलीमा निर्माण भएको छ । 

राष्ट्रिय पुन निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उनले जनाइन् । 

प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गम स्थलको रुपमा रहेको काठमाडौंको विकासको लागि यो कार्य कोशेढुंगा सावित हुनेमा उनले विश्वास लिएकी छन् । 

प्राधिकरणले बनाएको गुरुयोजनाबारे उल्लेख गर्दै उनले भनिन्, ‘प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुसी लागेको छ,' उनले भनिन् ।’

त्यस्तै दरबार हाइस्कुलले स्थापना भएपछि शैक्षिक चेतना र जागरण थपिएको उनले बताइन् । यस विद्यालयले योग्य नागरिक तयार गरी मुलुकलाई सहयोग पुर्‍याएको उनले बताइन् ।



Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।

थप समाचार