फोटो फिचर

फोटोफिचर

खुल्न थाले विद्यालय, कस्तो छ सतर्कता ?

सरोज बैजु |
मंसिर १३, २०७७ बजे

कोभिड—१९ को जोखिम नभएका र कम हुँदै गएका स्थानीय तहमा विद्यालयहरू खुल्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएसँगै विद्यालयहरू खुल्न थालेका हुन् । 

चितवनस्थित इच्छा कामना ५ मुग्लिनको मस्र्याङ्दी शिक्षा सदन ई. बोर्डिङ स्कूलका विद्यार्थी पनि अहिले विद्यालय जान थालेका छन् । 
मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड—१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई पछ्याउँदै विद्यालय संचालन हुन थालेका हुन् ।


कार्यढाँचामा विद्यार्थी भर्ना विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ । सोही अनुरुप मस्र्याङ्दी शिक्षा सदन ई. बोर्डिङ स्कूलका विद्यार्थीहरुलाई पनि कोभिड १९ को जोखिमबाट बचाउनको लागि विद्यालयले नियम पालनामा कडाइ गरेको छ । मास्क, स्यानिटाइजर र सामाजिक दुरी अनिवार्य गरेको छ । 

हेर्नुहोस् तस्बिरहरू :



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार