फोटो फिचर

भक्तपुरमा बिस्का जात्रा [फोटोफिचर]

अनुज बज्राचार्य |
चैत २७, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का अर्थात् बिस्केट जात्रा मंगलबारदेखि सुरु भएको छ । हरेक वर्ष नयाँ वर्ष अर्थात् वैशाख १ गतेको चार दिन अगाडि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तानेर बिस्काः जात्रा मनाउने चलन छ । तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व रहेको बिस्का जात्राको पहिलो दिन टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गरिएको छ ।


काठैकाठले प्यागोडा शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । भैरवनाथको रथ तानेर शुरु हुने जात्रा वैशाख ५ गते विधिवत् सम्पन्न गरिन्छ ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार