फोटो फिचर

[भिडियोसहित]

मुहार फेर्दै बागमती करिडोर, १४ तस्बिरमा

शुरज थपलिया |
माघ २२, २०८० बजे

तस्बिरहरू : शुरज थपलिया/इकागज

काठमाडौँ- काठमाडौँ सहरको प्रमुख विशेषता भनेको यसको मुटुबाट बग्ने बागमती नदी हो । जसले नेपाली समाजको सांस्कृतिक, धार्मिक र ऐतिहासिक सभ्यता बोकेको छ । बागमती नदी काठमाडौँ उपत्यकाबाट बग्ने प्रमुख नदी हो । यसलाई हिन्दु धर्मावलम्बीहरूले पवित्र नदी मान्छन् । 

धेरै महत्वपूर्ण मन्दिरहरू र धार्मिक स्थलहरू यस नदीको किनारमा अवस्थित छन् । जस्तै पशुपतिनाथ मन्दिर (विश्वको सबैभन्दा महत्वपूर्ण हिन्दु मन्दिरहरू मध्येको एक), गोकर्णेश्वर महादेव मन्दिर, गुह्येश्वरी मन्दिर आदि । सहरको भीडको बीचमा शान्त वातावरण प्रदान गर्ने बागमती नदीको प्रवाहले काठमाडौँको सुन्दरता बढेको छ । बगिरहेको पानीको आवाजले सुखदायी र आनन्दमय वातावरण सिर्जना गर्दछ ।


उत्तरगया

केही दशकअघि विकासका प्रयासलाई वर्तमान सन्ततिको सुख र समृद्धिसँग मात्र जोडेर हेर्ने गरिन्थ्यो । सञ्चार, यातायात, विद्युत् आदि जस्ता सुविधाको विस्तारलाई विकासको सङ्केतका रूपमा लिइन्थ्यो तर यसले प्राकृतिक सन्तुलनमा पारेको असरप्रति खासै खोजीनिती गरिँदैनथ्यो । मानिसले आफू सुखी तथा सम्पन्न रहनका लागि सभ्यताको क्रम सँगसँगै विभिन्न किसिमका कामहरू गर्दै आएका छन् । यस क्रममा प्राकृतिक साधनको उपयोग गरी आफ्ना आवश्यकता पूरा गर्दा प्रकृतिमाथि दबाब सिर्जना गरिरहेको छ । वर्तमान समयलाई मध्ये नजर गर्दै नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निकालेको ठेक्कामा दिगो विकास र वातावरणीय व्यवस्थापनको सबल महत्वपूर्ण रूपमा उठाएर विकास र समृद्धिलाई चिरस्थायी बनाउने प्रयास गरिएको छ ।

गोकर्णेश्वर

बागमती खोलाका दुवै तिरमा सोलारबाट चल्ने बिजुली बत्ती, पार्क , फुटपाथ, भकारी, घाट, सार्वजनिक शौचालय, वृक्षारोपण, भूनिर्माण जस्ता कार्यले सौन्दर्यता बढाउने काम गर्नुका साथै काठमाडौँ क्षेत्रको मुहार समेत परिवर्तन गरेको छ । यस परियोजनाले नदीको पारिस्थितिकीय स्वास्थ्य पुनःस्थापना, जलीय प्रजातिहरूको बासस्थानमा सुधार र उक्त क्षेत्रको जैविक विविधतामा सकारात्मक प्रभाव पर्नेछ । यस परियोजनाले नदी र यसको सांस्कृतिक महत्वबारे थप जान्न इच्छुक पर्यटकहरूलाई आकर्षित गर्नेछ र स्थानीय उद्यमीहरूका लागि नयाँ व्यापार अवसरहरू सिर्जना गरी अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ ।

गौरीघाट

दिगो विकास अभ्यासलाई प्रवर्द्धन गरेर आयोजनाले देशको दीर्घकालीन विकास र समृद्धिमा योगदान पुर्याउन सक्छ । निकट भविष्यमा यस्ता धेरै दिगो र पर्यावरणमैत्री आयोजनाहरूको आवश्यकता छन् र यसले देश तथा नयाँ पुस्तालाई निकै फाइदा हुनेछ ।

थापाथली-टेकु दोभान

भिडियो:



Author
थप समाचार