फोटो फिचर

फोहोरलाई पछ्याउँदा (फोटो फिचर)

शुरज थपलिया |
पुस २५, २०८० बजे

काठमाडौँ - दैनिक घरबाट निस्कने फोहोर व्यवस्थापन गाउँघरका लागि सहज भएपनि शहर बजारमा भने धेरै गाह्रो छ । काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, भैरहवा, भरतपुर, ललितपुर, भक्तपुर, बनेपा, नेपालगञ्ज र धनगढीलगायत देशका ठूला शहरहरूमा फोहोर व्यवस्थापनको समस्या छ । मोफसलका शहर भन्दा पनि काठमाडौँ उपत्यकामा फोहोर व्यवस्थापन ठूलो समस्याको रुपमा छ । धेरै जनसंख्या र घना बस्तीका कारण फोहोर व्यवस्थापन गर्ने निकायलाई पनि फोहोर व्यवस्थापन हम्मेहम्मे परेको छ ।

अझ फोहोरहरू खोला, बाटो, सडकहरूमा फालेर शहरको स्वरूप नै कुरूप बनाउनेमा तपाईँ हामी नै छौँ । एक उपभोक्ता भएको हिसाबले यो भएन त्यो भएन भन्न त सजिलो छ तर काम गर्नेको गाह्रा अप्ठ्यारा पनि हामीले महसुस गर्न जरुरी छ । काठमाडौँको फोहोर व्यवस्थापन काठमाडौँमा गर्न सम्भव नभएपछि धादिङको कुडुले-बञ्चरेडाँडामा गरिएको सर्वविदितै छ । घरबाट निस्कने फोहोर कसरी त्यहाँ पुग्छन् र त्यहाँ कसरी व्यवस्थापन गर्छन् भनेर हामीले फोहोरलाई पछ्यायौँ । हेर्नुहोस् फोहोर पछ्याउँदाका तस्विर


फोहोर संकलन गर्दै ।

सडकको लेन मिचेर राखिएको फोहोर बोक्ने गाडी ।

होल्डिङ साइटमा फोहोरबाट चुहिएको लिच्चड

फोहोर लिएर जाँदै गरेका टिपर

सिसडोलमा टिपरबाट खसेको फोहोर खाँदै बाख्राहरू

सिसडोलमा फोहोरको थुप्रोबाट निस्किएको लिच्चड

सिसडोल सडकखण्डमा फोहोरबाट निस्किएको लिच्चड

कुडुले बञ्चरेमा फोहोर फाल्न गएका टिपरहरू

फोहोरको थुप्रो

फोहोरको थुप्रोमाथि घुमिरहेका चिलहरू

छरपस्ट फोहोर

बिक्रीका लागि संकलन गरिएका प्लाष्टिक तथा बोतलहरू

फोहोर पुर्न माटो लिन गएको टिपर

माटोले फोहोर पुर्दै डोजर

फोहोर पुरिसकेको मैदान

डम्पिङसाइट

पुरिएको फोहोरबाट निस्किएको लिच्चड

फोहोर पुरेपछि केमिकल छर्कने गाडी

फोहोरबाट निस्कने ग्यासपाइप

 

 

 

 

 

 



Author
थप समाचार