फोटो फिचर

नेवार समुदायको मौलिक पहिचान नेवारी परिकार [फाेटो फिचर]

अनुज बज्राचार्य |
पुस २२, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । नेवार समुदायको छुट्टै मौलिक पहिचानका रूपमा विकास हुँदै आएका ती परिकार आजभोलि बजारमा बिक्रीका लागि राख्ने, ‘फूड फेष्टिबल’ प्रदर्शनमा राख्ने तथा रेष्टुराँ एवं चमेना गृहमा पनि पाइन थालेपछि यसमा अन्य समुदायको आकर्षण बढ्न थालेको हो ।


सयौँ थरी खाद्य परिकारका धनी नेवार समुदायको योमह्री, चटाँमरी, सन्याखुना, तःखा, बारा, कचिला, व्छय्ला आदि खाद्य परिकार विभिन्न फुड फेष्टिबल, चाडपर्व तथा चमेना गृह आदि ठाउँमा देख्न पाइन्छ । सयौँ वर्षदेखि योमह्री पुन्हीका दिन नेवार समुदायले योमह्री बनाइ खाने प्रचलन भए पनि बिस्तारै बजारमा योमह्री बनाइ बेच्ने चलन आएपछि अरू समुदायको पनि यो परिकारप्रति आकर्षण बढेको हो ।

त्यस्तै चटाँमरी, माय् वः तथा मू वः विभिन्न पूजामा बनाइने परिकार हुन् । हिजोआज ती खाद्य परिकार पनि बजारमा सहज रुपमा किन्न पाइन्छ । सन्याखुना तथा तःखा विशेष भोज र चाडपर्वमा बनाइने परिकार हुन् । ती परिकार पनि पसलमा किन्न पाइन्छ ।​



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार