फोटो फिचर

सहकारी पीडितकाे प्रदर्शनमा प्रहरीको हस्तक्षेप (फाेटाेफिचर)

अनुज बज्राचार्य |
साउन १८, २०८० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो समाधान गर्नुपर्ने लगायतका माग राख्दै काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।


सहकारी पीडितहरूले काठमाडौँको बिजुली बजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । बिजुली बजारमा आफूहरूको प्रदर्शनमा हस्तक्षेप भएपछि प्रदर्शनकारीहरूले पुन: बानेश्वर पुगेर प्रदर्शन गरेका थिए ।

आफूहरूले बचत गरेको लाखौं रकम सहकारीका सञ्चालकले हिनामिना गरेको र फिर्ता माग्दा नदिएको पीडितहरूको गुनासो छ । 

 

 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार