फोटो फिचर

आन्दोलनमा किसान (फोटो फिचर)

इकागज |
साउन १२, २०८० बजे

मकवानपुर- अखिल नेपाल किसान महासंघ तथा किसान सञ्जालको आयोजनामा हेटौंडाको मुख्य चोक बुद्ध चोकमा चक्काजाम गराइएको छ । पशुवस्तुमा लागेको लम्पी स्किन रोगको महामारीले विकराल भएको परिस्थितिमा पनि सरकार मौन रहेको भन्दै चक्काजाम गरिएको हो ।


बीमा कम्पनीहरूले पशुवस्तुको बीमा भुक्तानी र नवीकरण नगरेकोमा सरकारले समेत वास्ता नगरेपछि देशभरका किसान आन्दोलित हुन परेको किसान महासंघका अध्यक्ष बिष्णु दंगालले बताए  ।

सरकारले चलाएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बजारका सटर र स्टिलहरू बिनाप्रतिस्पर्धी पुरानै व्यापारीलाई दिने निर्णय गरेकोमा समेत आन्दोलन गरिएको महासंघले जनाएको छ । 

रासायनिक मलको अभाव व्यापक छ तर सरकारले मलको अभाव छैन भनेर प्रचार गरेकोमा पनि किसानको ध्यानाकर्षण भएको दंगालले बताए । कृषि प्रधान देशमा किसानलाई आइपर्ने समस्याकाे राज्यले सम्बाेधन नगरेकाे भन्दै शुक्रबार विराेध प्रदर्शन गरेका हुन् ।​

सातै प्रदेशमा भएकाे विराेध तथा धर्ना कार्यक्रम मकवानपुरकाे हेटौंडा-१० बुद्ध चाेकमा भएकाे थियाे ।

 



Author
थप समाचार