फोटो फिचर

दिनभर तनावग्रस्त बालाजु क्षेत्र यस्ताे देखियाे [फाेटाेफिचर]

यातायात मजदुरको आन्दोलन झनै आक्रामक, ल्होत्से मलभित्र तोडफोड

अनुज बज्राचार्य |
फागुन १, २०७९ बजे

काठमाडौँ- बालाजु क्षेत्र तनावग्रस्त बनेको छ ।​ ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध यातायात मजदुरले प्रदर्शन गरिरहेका हुन् ।


दिउँसोदेखि यस क्षेत्रमा आन्दोलनरत मजदुरले सडकमा टायर बाल्दै प्रदर्शन गरेका छन् । साेही क्रममा​ उनीहरूले बालाजुमा प्रहरीका दुई वटा भ्यान जलाएका छन् । प्रहरीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका आन्दोलनकारीहरूले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् ।

उनीहरूले पसल तथा मलमा ताेडफाेड पनि गरेका छन् । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा समेत गरेका छन् । यातायात मजदुरले ल्होत्से मलभित्र तोडफोड​ समेत गरेका छन् ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार