फोटो फिचर

ऊफ ! कुइरीमण्डल काठमाडौं (फोटो फिचर)

सरोज बैजु |
कात्तिक २९, २०७७ बजे

काठमाडौं : कोभिड-१९ को महामारीबाट बच्ने पहिलो उपाय भनेको मास्क लगाउनु हो । कोभिड संक्रमणसँगै मानिसहरु मास्क लगाउन बाध्य छन् । तर काठमाडौंवासीहरुको लागि भने मास्क नौलो होइन । कोभिड कहर नहुँदा पनि काठमाडौंवासीहरु मास्क लगाउन बाध्य थिए ।

किनकी सडक राम्रो नहुँदा धुलोको महामारीबाट बच्न मानिसहरुले मास्क लगाउन बाध्य थिए । अहिले पनि धुलोको कुइरीमण्डलमा हिँड्न बाध्य छन् उपत्यकावासी । काठमाडौंको चावहिलस्थित सडक मर्मतको काम अलपत्र पर्दा यस ठाउँबाट यात्रा गर्ने जोकोही मारमा छन् । पैदलयात्रुदेखि सवारीसाधनका यात्रु र व्यापार व्यवसाय गर्नेहरु पनि मारमा छन् ।


कोभिडले त एकैचोटी असर गर्छ, तर सहरमा उड्ने धुलोले विस्तारै मानिसको शरीरमा असर गर्दै लान्छ । त्यसैले यात्रुहरु सडक चाँडो बनाउनुपर्ने माग राखिरहेका छन् ।



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार