फोटो फिचर

फूल टिप्‍न व्यस्त इचंगुनारायणका किसान

सरोज बैजु |
कात्तिक २८, २०७७ बजे

काठमाडौं : बारीमा कोदो पाकेर कालो हुँदै छ । डिल भने ढकमक्क फूलेका सयपत्री, टुकुचा फूलले पहेँला छन् । डिलमा फूलेका यिनै पहेँला सयपत्री टिप्दै डोकोमा हाल्न व्यस्त छन् काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणका किसान । 


लक्ष्मीपुजा, भाइटीका गर्दा मात्रै नभई घर सजाउन देखि विभिन्न पुजाहरुमा सयपत्री फूल प्रयोगमा आउँछन् । फूलैफूलको चाड पनि हो तिहार तिहार नजिकिएसँगै गाउँघरदेखि सहरबजारमा फूलको किनबेच बढेको छ । 



फूललाई स्याहार गर्न धेरै मेहनत गर्न नपर्ने भएपछि इचंगुनारायणका थुप्रै किसानले व्यवसायिक फूल खेती सुरु गरेका छन् । जुन तिहारको बेला नेपाली बजारमा लैजान्छन् । 
 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार