फोटो फिचर

पोखरामा हर्षोल्लासका साथ सकियो हरिबोधनी एकादशी [फोटो फिचर]

धनबहादुर गुरुङ |
कात्तिक १८, २०७९ बजे

पोखरा- पोखराको सेती नदी किनारमा हर्षोल्लासका साथ हरिबोधिनी एकादशी मेला सकिएको छ । शुक्रबार बिहानैदेखि नदी किनारामा फूल तार्न र पूजा गर्ने भक्तजनको मेला लागेको  थियो । हरिबोधनी एकादशी एवं तुलसी विवाह पर्वको अवसरमा नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिको संयोजनमा तुलसी विवाह तथा तोरण तार्ने कार्यक्रम सकिएको छ । सेती दिन किनारको घाईघाट, तुलसीघाट, नारायणथान मन्दिरलगायत क्षेत्रमा एकादशीको दिन भिड हुने गरेपनि रामघाट क्षेत्रमा बढी मात्रामा भक्तजनहरू पुग्ने गरेको नयाँबजार रामघाट क्षेत्र विकास समितिका अध्यक्ष रोशन मानन्धरले बताए । काेरोनाका कारण विगतको २ वर्ष भक्तजनको कम उपस्थिति रहे पनि यस वर्ष धेरैको उपस्थिति अनुमान गरिएको छ ।

एकादशीका फूल तार्न डोली बोकेर धेरै मात्रामा भक्तजन सेती नदी किनार पुगेको थिए । त्यससँगै पूजापाठ गर्न, तुलसीको बिहे गर्न, स्नान गर्न र मेला हेर्न उत्तिकै संख्यामा रामघाट क्षेत्रमा मानिसहरू पुगेका थिए । ‘ठ्याक्कै यती नै त भन्न सकिन्न तर सयौंको संख्यामा मासिसहरू रामघाट क्षेत्रमा आएका थिए,’ उनले भने, ‘डोली तार्नेहरू पनि धेरै नै थिए । अघिल्ला अघिल्ला वर्षहरूमा कोरोनाले गर्दा उति सारो भिड थिएन । यो पटक अलि बढी नै थियो ।’


एकादशीका दिन धर्मसंस्कार जोगाउनकै लागि फूलको डोली लिएर जानेहरू पनि थिए । पछिल्ला समय धर्मसंस्कार प्रति वितृष्णा बढ्दै गएकाले युवापुस्तालाई देखाउन कै लागि फूलको डोली लिएर पुगेको नेपाल ज्योतिष परिषद् कास्कीका अध्यक्ष शिवदत्त रेग्मी बताए । अघिल्ला वर्षहरूमा व्यक्तिगत रूपमा डोली ल्याउने गरिए पनि यो पटक संस्थागत रूपमा लिएर आएको उनले बताए । आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने उनको भनाइ थियो ।  



Author
थप समाचार