फोटो फिचर

चुनावको चहलपहल

१२ फोटोमा हेर्नुहोस पत्रकारलाई पत्रकारको भोट (फोटो फिचर)

सरोज बैजु |
चैत २५, २०७७ बजे

काठमाडौँ : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार चुनाव भयो । १३ हजार बढी पत्रकार मतदाताले लाम लागेर भोटिङ गरे । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी मतदानको भीडभाड थियो, कमलादीमा । 

जहाँ काठमाडौँ शाखाका पत्रकारलाई मतदान केन्द्र तोकिएको थियो । काठमाडौँ भन्नेबित्तिकै चिनिने, नचिनिने सबै पत्रकारको केन्द्रबिन्दु । यसपटक प्रत्यक्ष निर्वाचन प्रणाली लागू भएको भएर पनि होला, भोट हाल्ने लाइनमा धेरैजसो चिनिएका पत्रकार थिए ।


तर महासंघको नयाँ नेतृत्वका लागि उठेका कतिपय उम्मेद्वार चिन्न भने मुश्किल थियो । कमलादीमा मतदान चल्दै गर्दा भोट हाल्नेको लामै लाम देखिन्थ्यो । त्यही बीचमा भोट माग्ने र हुटिङ गर्नेको पनि चर्को हल्ला चल्थ्यो । कुनै उम्मेद्वार मतदान स्थलमा झुल्किदा उनका समर्थक जुरुक्कै उचालिन्थे । 

मतदान चल्दै गर्दा उम्मेद्वारका प्रचार सामग्रीले भने कमलादी परिसर फोहोर बन्यो । प्रचार सामग्री यसरी छरिएका थिए, मानौँ त्यहाँ चुनाव होइन, कुनै विद्यालय, क्याम्पसको परीक्षा भइरहेको छ । 

तर लामो समय पत्रकारिता गरेका, नाम चलेका वरिष्ठदेखि युवासम्म लाइन लागेर भोट हाल्दै गर्दा 'पत्रकारलाई पत्रकारको भोट महासंघलाई थप सशक्त र प्रभावकारी बनाउने हतियार' हो । 


 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार