हत्यामा संलग्न तीन जना पक्राउ

इकागज | असार २०, २०८१

वीरगञ्ज- पर्सा प्रहरीले बाराका दुई जना ब्यक्तिको हत्यामा संलग्न ३ जना लाई पक्राउ गरेको छ ।  पर्साको जगरनाथपुर गाउँपालिका-१ बिसुनपुर्वामा भारतसँग सिमा जोडिएको दशगजामा शव भेटिएको थियो ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-५ बस्ने घटनाको मुख्य योजनाकार ३३ वर्षीय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाउँपालिका-५ बस्ने मुख्य योजनाकार ३२ वर्षिय सन्तोष प्रसाद कुम्हार र त्यहीँ वडाको धर्मपुर बस्ने ४५ वर्षीय महादेव महतो नुनिया रहेका छन्।

मुख्य योजनाकार भनिएका हरूलाई प्रहरीले वीरगन्ज महानगरपालिका वडा नं १५ भिस्वाबाट पक्राउ गरेको हो भने नुनियालाई उनको घरबाट पक्राउ गरिएको हो। तीनै जनालाई १८ गते मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

गत जेष्ठ २९ गते मंगलबारका दिन जगरनाथपुरको ओरिया खोलाको किनारमा नेपाल भारत सिमानाको दशगजाभन्दा ८० मटिर नेपालको सिमाभित्र उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा दुर्गन्धित अवस्थामा बारा कलैया उपमहानगरपालिका- ६ बस्ने ६० वर्षीय रामएकवाल पण्डित कुम्हार र आदर्शकोतवाल गाउँपालिका- ७ घर भई कलैया बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको शव फेला परेको थियो।

घटनाको सुक्ष्म अध्ययन
सोको, फारेंसिक डाक्टर र तालिम प्राप्त कुकुर सहितको अनुसन्धान बिशेषज्ञ टोलीले वारदातस्थलबाट कानून बमोजिमको सम्पुर्ण कार्य पुरा गरि लाश पोष्टमार्टमको लागी नारायणी अस्पताल वीरगञ्ज पठाए पश्चात विभिन्न कोणबाट घटनाको शुक्ष्म अनुसन्धान शुरु गरिएको थियो। अनुसन्धानको क्रममा प्राविधिक बिश्लेषण तथा सुक्ष्म अनुसन्धान गर्दा पारिवारिक रिसईबी तथा जग्गा जमिनको विवादको बिषयलाई लिएर योजनाबद्ध तरिकाले हत्या भएको कुरा खुल्न आएको हो ।

यसरी घटाइएको थियो घटना
घटना घटाउने मुख्य योजनाकारले हत्याको पुर्ण योजना बनाई मृतकहरूलाई झारफुक एवम धामी झाँक्रीको काम रहेको भन्ने बिश्वासमा पारी बारा जिल्लाबाट दुवै मृतकलाई घटनास्थलसम्म बोलाएका थिए। हत्याको लागि योजनाकारले निश्चित व्यक्तिलाई ८ लाख रुपैया दिएर (सुपाडी) हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ। मृतकहरू जेष्ठ २५ गते शुक्रवार साँझ सवा ६ बजेको समयमा बारा जिल्लाको आफ्नो निज निवासबाट बसमा चडी पर्साको प्रतिमा चोकमा झरी प्रतिमा चोकबाट पावर हाउस चोकमा आई पवार हाउस चोकबाट विन्दवासिनी (केहुनीया) जाने गाडी चडी बिन्दाबासीनी चोकमा झरेका थिए।

त्यस्तै उक्त चोकबाट घटनामा संलग्न एक जना मानिसले दुबै झाक्रीलाई मोटरसाइकलमा चढाइ बहुअर्वाभाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पुऱ्याई उक्त स्थानबाट नहरको बाटो हुँदै जगरनाथपुर गाउँपालिका वडा नं. १ बिसुनपूर्वा ओरिया खोलामा लगि मृतकहरूको साथमा भएकै गाम्छाले घाटी बाँधी दुबै जनाको घाटी थिची हत्या गरेको र मृतकको शवलाई घटना घटाएको स्थान नजिकै ओरीया खोला तटमा शव गाडिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उक्त घटनामा संलग्न योजनाकार सहितको तीन जना व्यक्तिहरू हाल पक्राउ गरिएपनि अन्य संलग्न संकित व्यक्तिहरूको पहिचान भइसकेको र निजहरूको खोजि कार्य भइरहेको प्रवक्ता भारतीले बताए। पक्राउ परेका व्यक्तिहरू माथि कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ।

राजनीतिलाई सही बाटोमा हिँडाउन मैले वकालत गरिरहेको एजेण्डा अहिले सफल भयो : कोइराला

इकागज | असार १९, २०८१

वीरगञ्‍ज- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालको राजनीतिलाई सही बाटोमा हिँ...

उच्च शिक्षा अध्ययनका लागि हिँडेकी नेहाको दुर्घटनामा मृत्यु भएपछि सिंगो गाउँ शोकमग्‍न

इकागज | असार १५, २०८१

रौतहट- उच्च शिक्षा अध्ययनका लागि हिँडेकी एक जना छात्राको रौतहटस्थित गौर चन्दरनिगाहपुर सडक खण्डमा बस दुर्घ...

बर्दिबास नगरपालिकाका जनप्रतिनिधिहरू अख्तियारको अनुसन्धानमा किन तानिए ?

इकागज | असार १५, २०८१

महोत्तरी- ​बर्दिबास नगर क्षेत्रका चिया र चोकहरू यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरका ज...