स्कार्पियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

इकागज | फागुन १५, २०८०

रौतहट- सर्लाहीस्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा ३ मा सोमबार राति स्कारपियो र मोटरसाइकल एक आपसमा जुध्दा रौतहटका दुईजना युवकको मृत्यु भएको छ ।

गएराति साढे ८ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका-६, का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताएका छन् । दुर्घटनामा घाइते दुवै युवकलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियो र विपरित दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्वरको मोटरसाइकल कौडेना र मुसैलीको बीच एकआपसमा जुधेको डीएसपी थारुले जानकारी दिए का छन् ।

दुर्घटना लगत्तै प्रहरीले स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ तर चालक भने फरारभएको तथा उसको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको शव पोष्टमारटमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।

भर्खरै कालोपत्रे भएको हुलाकी सडकखण्डमा चालकले तीब्रगतिमा सवारी चलाउने गरेको कारण दैनिकजसो सवारी दुर्घटना भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

बारा विस्फोट अपडेट : मृतकको संख्या दुई पुग्यो, घाइते चार जनाको उपचार हुँदै

इकागज | फागुन १५, २०८०

बारा- बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा ...

शंकास्पद वस्तु विस्फोट घटनाको सत्यतथ्य छानबिन गर्न स्थानीय राजनीतिक दलको माग

इकागज | फागुन १४, २०८०

बारा- बाराको निजगढ नगरपालिका ७ स्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार विष्फोट भएको घटनाको स...

सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन रौतहट प्रशासनको अपिल

इकागज | फागुन १३, २०८०

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गरा...

प्रधानमन्त्री प्रचण्डद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल उद्घाटन

इकागज | फागुन १२, २०८०

धनुषा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन...