तलबको माग गर्दै तेस्रो दिन पनि शिक्षकहरूको धर्ना जारी

इकागज | चैत २, २०८०

रौतहट- नगदमा सम्झौता गर्ने उधारोमा होइन भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा तलबको माग गर्दै आन्दोलनरत शिक्षकहरू आज तेस्रो दिन पनि धर्ना जारी राखेका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि दुई दर्जन बढीको संख्यामा शिक्षक र शिक्षिका नगरपालिका अगाडि धर्नामा बसेका हुन् ।

खातामा तलब नगएसम्म काम नगर्ने अडानसहित धर्ना बसेका ४ माविका प्रधानाध्यापकसहित १६ विद्यालयका प्रधानाध्यापकहरूले वार्षिक परीक्षा बहिष्कार गरेका थिए । बहिष्कारको कारण केही विद्यालयमा परीक्षा सञ्चालन भएको छ भने केही विद्यालयमा स्थगित भएको छ । नगरक्षेत्रअन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिकामध्ये १६ विद्यालयका ३ हजार वार्षिक वार्षिक परीक्षामा सहभागी भएका छन भने त्यतिकै संख्यामा विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन् ।

फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावितसहित ७ मावि ४ निमावि र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउनदेखि हालसम्म तलब पाएका छैनन् ।

होली पर्व आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू गत बुधबार बिहान १० बजेदेखि नगरपालिका अगाडि धर्ना बस्दै आएका छन् । जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन वार्षिक परीक्षा सञ्चालन नगर्ने शिक्षकहरूबीच सहमतिअनुसार धर्ना जारी रहेको मावि बिजयपुरका प्रधानाध्यापक शंकर राय यादवले बताएका छन् ।

कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते आइतबार खातामा जाने निश्चित भएकाले विद्यार्थीको भविष्यको लागि परीक्षा सञ्चालन गर्न शिक्षकहरूलाई आग्रह गर्दै आएका छन् ।

नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित गोपाल राय यादव नदी टेन्डरको मुद्दामा दोषी ठहर भएर बिशेष अदालतबाट दण्ड सजायको निर्णयसँगै उनको पद रिक्त भएपछि सोही पार्टीबाट निर्वाचित उपमेयर खातुन कार्यवाहक बनेकी थिइन् ।

बारामा ३१ सहिद थपिए, किसान आन्दोलनका सहिद मुखलाल महतो भने फेरि छुटे

इकागज | फागुन २७, २०८०

बारा- सरकारले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान ग...

खाल्डोबाट निकालियो बालकको शव, हत्या आशंकामा बुवाआमा प्रहरी नियन्त्रणमा

इकागज | फागुन २५, २०८०

वीरगञ्‍ज- वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा-आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर्यघाटम...

पर्सा गाउँपालिकामा तालाबन्दी भएको २१ दिन नाघ्याे, अझै खुलाउने पहल भएन

इकागज | फागुन २१, २०८०

सर्लाही- जनप्रतिनिधि कै तालाबन्दीका कारण सर्लाहीको दक्षिण-पूर्वी भेगस्थित पर्सा गाउँपालिकाको कामकाज २१ दि...

क्रिकेट संघ रौतहटले खेलाडी छनौटको नाममा ठगी धन्दा सुरु गर्‍यो : प्रभु साह

इकागज | फागुन २१, २०८०

रौतहट- रौतहट क्रिकेट संघले जिल्ला स्तरको क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी गरिरहेको आरोप लागेको...