रोग र उपचार

माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ व्यवस्था गर्दै

इकागज | पुस २६, २०८०

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ । बोर्डले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको व्यवस्था  लागू गर्ने बताएको हो । 

सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेही र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी को’पेमेन्ट  लागू गर्न बोर्डले अपिल समेत गरेको छ । बोर्डले प्रेषण सेवा सम्बन्धी व्यवस्था पनि लागू गरेको छ । 

दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितलाई हाल १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्था समेत लागू गरिएको जानकारी बोर्डले दिएको छ । स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि,२०८० परिमार्जनसहित लागू गर्न लागिएको बाेर्डले पत्रकार सम्मेलनमा जानकारी दिएकाे हाे । 

दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमित नागरिकहरुलाई १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्था गर्न बाेर्डले आग्रह गरेकाे छ । 

 

काठमाडौँ महानगरले एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार गर्ने

इकागज | पुस ११, २०८०

काठमाडौँ - स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि आज काठमाडौँ महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड...

बाँकेमा परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिने पुरुष भन्दा महिला बढी

इकागज | पुस ११, २०८०

नेपालगञ्ज - बाँकेमा परिवार नियोजनको अस्थायी साधनको अधिक प्रयोगका कारण स्थायी बन्ध्याकरण सेवा लिने ...

स्वास्थ्यमा दाताले दिएको सहयोग कतिको प्रभावकारी छ छलफल हुनुपर्छ : मन्त्री बस्नेत

इकागज | मंसिर ७, २०८०

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित...