रोग र उपचार

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

इकागज | असोज ४, २०८१

बलेवा (बागलुङ)- धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ ।

केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ । अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताए ।

 बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताउनुभयो । उहाँले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको बताए ।

 

सुस्मा कोइराला अस्पतालले आगोले पोलेका बालबालिकालाई निःशुल्क उपचार गर्ने

इकागज | भदौ २७, २०८१

काठमाडौँ - काठमाडौँको साँखुमा सञ्चालित सुस्मा कोइराला मेमोरियल अस्पतालले  आगोले पोलेको तथा जलनम...

भारतीय दूतावासको सहयोगमा काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण सम्पन्‍न

इकागज | भदौ २७, २०८१

गोरखा- काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–...

प्रत्यारोपण केन्द्रमा एक सातादेखि आन्दोलन, अब मन्त्रालय घेर्ने

इकागज | भदौ २५, २०८१

भक्तपुर - भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्...

निजी अस्पतालले पनि बिमाको सुविधा दिने व्यवस्था गर्छौँ : मन्त्री पौडेल

इकागज | भदौ २१, २०८१

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बिमाको सुविधा दिनुपर्ने...