शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

‘फ्लूबाट दीर्घरोगी र ज्येष्ठ नागरिक बढी जोखिममा’

सांकेतिक फोटो

काठमाडौँ- जाडो देखिएसँगै धेरै जनामा इन्फ्लुएञ्जा (फ्लू) को सङ्क्रमणको जोखिम बढ्छ । यो इन्फ्लुएञ्जा भाइरसले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसबाट सबै उमेरका व्यक्ति जोखिममा हुन सक्छ । 

विज्ञका अनुसार फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा यो भाइरस सर्न सक्दछ । ती छिटा श्वासबाट फोक्सोमा पनि जाने र भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने, “फ्लू एक प्रकारको भाइरल सङ्क्रमण हो । यो सङ्क्रमण भएको दुईदेखि तीन दिनमा लक्षण देखिन सुरु हुन्छ । यसको लक्षण भनेको उच्च ज्वरो आउनु, जिउ दुख्नु, घाँटी दुख्नु, कसैकसैलाई पखाला लाग्ने पनि हुनसक्छ । यसले जटिलताको अवस्थामा निमोनिया गराउन सक्छ ।”

त्यसैगरी टाउको दुख्नु, खोकी लाग्नु, जीउ र मांसपेशी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनुआदि थप फ्लूका लक्षण हुन् । यद्यपि फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ ।

चिकित्सककाअनुसार प्रशस्त आराम र झोलिलो पदार्थको सेवनले फ्लू हप्तादेखि १० दिनसम्ममा निको भएर जान्छ । फ्लू भएका अधिकांश व्यक्तिहरूलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरु आवश्यक पर्दैन । डा पुनले भने, “सङ्क्रमित हुँदा आराम त गर्नुपर्‍यो नै । यसले अरूलाई सार्नसक्ने सम्भावना पनि कम हुन्छ । कतिपयलाई ब्याक्टेरयाले थप सङ्क्रमण गरायो भने एन्टिबायोटिकको आवश्यकता पर्न सक्छ त्यसका लागि चिकित्सकको परामर्श लिनुपर्छ ।”

फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, प्रशस्त तरल पदार्थ र पौष्टिक खानाको सेवन गर्नेलगायत सुझाव चिकित्सकले दिए ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिकलाई बढी जटिल बनाउनसक्ने भएकाले सजग र स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्छ । “जोखिम समूहका व्यक्तिले चिकित्सकसँग परामर्श लिएर औषधि लिनुपर्ने हुन्छ । फ्लूविरुद्ध खोप पनि उपलब्ध छ । खोप लगाएमा यसले थप जटिल हुन अवस्थाबाट धेरै हदसम्म कम गराउँछ”, डा पुनले भने ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल