अपराध

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा डोटीमा तीन जना पक्राउ

इकागज | मंसिर ६, २०८०

डोटी - डोटीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। 

बडिकेदार गाउँपालिका वडा नम्बर २ का तीन युवक सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी रहेको डोटी प्रहरीले बताएको छ।

उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप छ। घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनै जनालाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएको हो।

नाबालिकाको फेक आइडी बनाएर चरित्रहत्या गरेको आरोपमा संखुवासभाका अनिष पक्राउ

इकागज | मंसिर ६, २०८०

काठमाडौं - सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।&nb...

त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने पहेंलो धातुसहित काभ्रेका राम सुन्दर पक्राउ

इकागज | मंसिर ५, २०८०

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो द...