अपराध

स्रोत नखुलेको रकमसहित पक्राउ

इकागज | कात्तिक १४, २०८०

मोरङ - विराटनगर- मोरङ प्रहरीले स्रोत नखुलेको २१ लाख ८७ हजार रुपैयाँसहित एक बालकलाई पक्राउ गरेको छ । मंगलबार अपरान्ह ३ बजेतिर विराटनगर महानगरपालिका–६ शनि मन्दिर चोकबाट १६ वर्षीय बालकको साथमा रहेको झोला तलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पछाडि भिर्ने कालो झोलाभित्र नेपाली एक हजार र पाँच सय रुपैयाँ दरको नोट बरामद गरेको जनाएको छ ।  एक हजार रुपैयाँ दरको १६८७ थानको १६ लाख ८७ हजार तथा पाँच सय दरको १००० को ५ लाख रुपैयाँ बरामद गरेको हो ।

बरामद भएको उक्त रकम हुन्डी कारोबारीको रहेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक ओलीले बताए ।  प्रहरीले बालकले चढेको प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।  उनको साथबाट कुमारी बैंकको चेक बुक एक थान, एनआईसी एशिया बैंकको काटिएको चेक एक थान र ग्लोबल आइएमई बैंकमा विभिन्न मितिमा जम्मा गरिएको भौचर चारवटा समेत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पक्राउ

इकागज | कात्तिक १३, २०८०

दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ पर...

चितुवाको छाला र चरेससहित मुख्यमन्त्री कार्यालयका सहायक हवल्दारसहित तीन पक्राउ

इकागज | कात्तिक १, २०८०

कैलाली - प्रहरीले धनगढीबाट चितुवाको छाला र चरेससहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपा...