अपराध

अछाममा १८ वर्षीय किशोरको हत्यामा संलग्न फरार महिला काठमाडौँबाट पक्राउ

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ- अछाममा १८ वर्षीय किशोरको हत्यामा संलग्न रही फरार रहेको अभियोगमा एक महिलालाई काठमाडौँबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–८ घर भएकी ३० वर्षीया लक्ष्मी सुनार रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–८ बस्ने १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको कात्तिक १७ गते बिहान हत्या गरी फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ । रासस

गुल्मीको चन्द्रकोटमा मृत भेटिएकी किशोरीको बलात्कारपछि हत्या भएको पुष्टि

इकागज | कात्तिक २०, २०८०

बुटवल- गुल्मीमा १५ वर्षीया किशोरीकाे बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । शुक्रबार जिल्लाकाे चन्द्रकाेट ...

गणतन्त्र दिवसमा आममाफी पाएका रामच्नद्र थापा ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

इकागज | कात्तिक १५, २०८०

भरतपुर - अपहरण गरी ज्यान मार्ने धम्की दिँदै २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको ...