अपराध

हजुरबुबाको हत्या गरेको आरोपमा नाति पक्राउ

इकागज | मंसिर ११, २०८०

पर्सा - आफ्नै हजुरबुवा ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय कृष्ण खड्कालाई प्रहरीले गरेको छ । कृष्ण लक्ष्मणको छोरीपट्टीको नाति हुन् । 

आफ्नै आँगनमा लठ्ठीले कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले लठ्ठी मागेको कारण कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मणको स्वास्थ्य चौकी ठोरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले जंगलमा लुकिछीपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा हाेटल सञ्चालक र म्यानेजर पक्राउ

इकागज | मंसिर १०, २०८०

सप्तरी- राजविराजमा महिलालाई जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।  आइत...

नाबालिकाको फेक आइडी बनाएर चरित्रहत्या गरेको आरोपमा संखुवासभाका अनिष पक्राउ

इकागज | मंसिर ६, २०८०

काठमाडौं - सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।&nb...

त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने पहेंलो धातुसहित काभ्रेका राम सुन्दर पक्राउ

इकागज | मंसिर ५, २०८०

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो द...