अपराध

जुवातास खेलिरहेको १० जना काठमाडौँबाट पक्राउ

इकागज | पुस ५, २०८०

काठमाडौं -बुढानीलकण्ठ नगरपालिका-१२ कपनस्थित पसि लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास  खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार २ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका-१३ घर भएका ४० वर्षीय शुशिल श्रेष्ठको हाम्रो खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ५० रूपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भूपु लाहुरेसँग विवाह गर्छु भन्दै हिंडेकी अप्सराको हत्या भएको त्यो दिन...

अतिन आचार्य | पुस ५, २०८०

काठमाडौँ-  (अप्सरा) नारायणी तिम्सिनाको जीवन सामान्य चलेको थियो । आफ्नो दैनिकी सामान्य मजदुरी गरेर...

नक्कली सवारी दर्ता किताब बनाउने काभ्रे र सिन्धुपाल्चोकका दुई जना पक्राउ

इकागज | पुस २, २०८०

काठमाडौँ - लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...