अपराध

दाङमा रड प्रहार गरेर श्रीमतीको हत्या

इकागज | माघ ७, २०८०

दाङ - तुलसीपुर उपमहागनरपालिका–४ तल्लो  हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो । पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका छन् । 

स्थानीय मीना थापा र शिला चौधरीले रड प्रहारबाट घाइते भएका छन् । मीनाको टाउकोमा चोट लागेको छ भने शिलाको हड्डीमा चोट लागेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिए । 

बोक्सीको आरोपमा काकाको हत्या गरी फरार रहेका दुईजना भतिज १५ वर्षपछि पक्राउ

इकागज | माघ ५, २०८०

काठमाडौँ- बोक्सीको आरोपमा काकाको हत्या गरी फरार रहेका दुईजना अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् ...

ब्रुनाइ पठाइदिन्छु भन्दै भारत लगेर बेच्ने फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

इकागज | माघ ५, २०८०

काठमाडौँ - काठमाडौं, मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी धादिङ बेत्रावती गाउँपालिका-२ स्थायी घर भएका...

भारतीय महिलालाई बागडोग्रा पुर्‍याएर १० हजारमा बेच्ने वीरबहादुर तामाङ ३३ वर्षपछि पक्राउ

इकागज | माघ ४, २०८०

काठमाडौँ- ब्रुनाई पठाइदिने भन्दै पश्चिम बंगालको बागडोग्रा पुर्‍याएर भारतीय महिलालाई बेचबिखन गरेको ...

सात वर्षीया बालिकालाई बलात्कार गराउने मतियारसहित तीन जना दाङबाट पक्राउ

इकागज | माघ ४, २०८०

दाङ - ७ वर्षीया बालिकालाई बलात्कार गराउन लगाएको मतियारसहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ...

बालिका सामूहिक बलात्कार प्रकरण : पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति

इकागज | माघ ३, २०८०

मुगु - मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्...