अपराध

स्टाफ नर्स हत्या प्रकरण : जिउभरी धारिलो हतियारको चोट

इकागज | चैत २, २०८०

मोरङ- विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको शौचालयमा शव फेला परेको छ । 

धारिलो हतियार प्रहार गरेर हत्या भएको र उनको शव शौचालयमा फालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । दास डेरामा बसेको घरको कोठाभित्रको शौचालयमा शव भेटिएको प्रहरीले जनाएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको डीएसपी दाहालले बताए ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।

 

वित्तीय संस्थाको सूचना प्रणाली ह्याक गर्न खोज्ने व्यक्ति पोखराबाट पक्राउ

इकागज | चैत १, २०८०

काठमाडौँ- विभिन्न वित्तीय संस्थाको सूचना प्रणालीमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याउन प्रयास गर्ने ...

छात्रालाई दुर्व्यवहार गरेको आराेपमा मुनलाइट होस्टल सञ्चालक मधु रेग्मी पक्राउ

इकागज | फागुन ३०, २०८०

विराटनगर - होस्टलमा बस्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्म...