अपराध

दुई पुरुषको हत्यामा संलग्न एक महिला २० वर्षपछि पक्राउ

इकागज | माघ ११, २०८०

काठमाडौँ- ​सङ्खुवासभाको सिद्धकालीमा सामूहिक हत्या प्रकरणमा संलग्न एक जना महिला पक्राउ परेकी छिन् । सामूहिक हत्या प्रकरणमा फरार रहेकी चैनपुर नगरपालिका-३ की ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी हुन् ।

सामूहिक हत्या प्रकरणमा संलग्न कैली तामाङलाई मोरङ प्रहरीको सहयोगमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । तामाङलाई मोरङको केराबारी गाउँपालिका-१० स्थित मोहन नेपालको घरबाट पक्राउ गरिएको उनले बताए ।

प्रहरीले आज निजलाई इलाका प्रहरी कार्यालय चैनपुर ल्याइएको छ । २० वर्षअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भए पनि फरार थिइन् । गत २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएकी तामाङ प्रहरीको फरार सूचीमा थिइन् ।

कर्तव्य ज्यान मुद्दाकी प्रतिवादी तामाङलाई घटनामा संलग्न रहेको भनेर सङ्खुवासभा जिल्ला अदालत चैनपुरले दोषी ठहर गरिसकेको छ । जिल्ला अदालतले २०६६ साल फागुन १२ गते निजलाई २० वर्ष कैद सजाय तोकेको थियो । सङ्खुवासभाको साबिकको सिद्धकाली-२ का मङ्गल लिम्बू र योगेन्द्र दाहालको २०६० साल फागुन १० गते सामूहिक हत्या भएको थियो । खानेपानीको पाइप हराएको विवाद उत्कर्षमा पुग्दा पारिवारिक नाता सम्बन्धका आठ जना मिलेर दुई जनाको सामूहिक हत्या गरेको पाइएको थियो ।

दुई पक्षबीच भएको विवादमा हाल पक्राउ परेकी कैली तामाङसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे (तामाङ), गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ र लोकबहादुर तामाङ मिलेर मङ्गल र योगेन्द्रको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्नविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दाको १४ वर्षअघि नै अदालतबाट फैसला भइसकेको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले गर्‍यो १७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

इकागज | माघ १०, २०८०

काठमाडौँ- विभिन्न समयमा हराएका १७ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई...

नक्कली डाक्टरले पूर्व स्वास्थ्यमन्त्री यादवले हस्ताक्षर गरेका प्रमाणपत्र देखाउँथे

इकागज | माघ ८, २०८०

काठमाडौँ- काठमाडौँका विभिन्न पोलिक्लिनिकका बिरामीको स्वास्थ्य परीक्षण गर्ने नक्कली डाक्टरलाई नेप...