अपराध

आरुबोटेमा श्रीमानले गरे श्रीमतीको हत्या, सासू र छिमेकी घाइते

इकागज | पुस २७, २०८०

काठमाडौँ- पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा गएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको मृत्यु भएको हो ।

बिहीबार बेलुका कुरुम्बाङले श्रीमतीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहले बताए । खुकुरी प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन् । 

बिहीबार बेलुका ८ बजे घरायसी विवाद मिलाउन ससुराली घरमा छलफल भइरहेका बेला कुरुम्बाङले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको कुशवाहले बताए । त्यसपछि उनले सासुलाई खुकुरी प्रहार गरेका थिए । त्यस क्रममा झगडा छुट्याउन गएका बेला छिमेकी श्रेष्ठमाथि पनि उनले खुकुरी प्रहार गरेका थिए ।

‘घरायसी विवाद के थियो भन्ने स्पष्ट खुलेको छैन, तर सासू र श्रीमतीसँग छलफल भइरहेका बेला कुरुम्बाङले एक्कासि खुकुरी प्रहार गरेको बुझिएको छ,’ कुशवाहले भने, ‘रोक्न जाँदा छिमेकीलाई पनि प्रहार गरेको बुझिन्छ ।’

कुरुम्बाङ घटनापछि फरार छन् । उनको खोजी भइरहेको कुशवाहले बताए । घाइते सासू कान्छीमाया र श्रेष्ठको झापा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते रहेकी कान्छीमायाको आइसियुमा राखेर उपचार भइरहेको कुशवाहले बताए ।

 

बम्जनका विश्वास पात्रको बयान : सुरेशकुमार आले थाइल्याण्ड गए, अर्का भन्छन् - दक्षिण कोरिया

इकागज | पुस २६, २०८०

काठमाडौँ- २०७२ साल जेठ पहिलो साताको कुरा हो । निजगढ नगरपालिका-१२ रतनपुरी हल्खोरी जंगलभित्र राम...

सिन्धुपाल्चोकबाटै तीन जना बेपत्ता, आश्रममा रहँदा बम्जनले के-के गरेका थिए ?

दुर्गा आचार्य | पुस २६, २०८०

काठमाडौँ- २०७१ असोजमा हेलिकोप्टर चार्टर गरेर राम बहादुर बम्जन सिन्धुपाल्चोको बाँडेगाउँ टोड्केभीर पुगे ।...

इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै फरार व्यक्ति कतारबाट पक्राउ

इकागज | पुस २५, २०८०

काठमाडौं - जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी खोटाङ हलेसी तुव...

पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख ठग्ने भक्तपुरका शिवा न्यौपाने पक्राउ

इकागज | पुस २४, २०८०

काठमाडौं - पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपा...