इन्जिनमा आगो लागेपछि पेरिसका लागि उडेको विमान टोरन्टो फिर्ता
काठमाडौँ- टोरन्टोबाट पेरिसका लागि उडेको एयर क्यानाडाको विमानलाई उडान भरेको केही समयपछि इन्जिनमा आगो लागेपछि आपतकालीन अवतरण गराइएको छ ।
एयर क्यानाडाको बोइङ ७७७-३००इआर विमान जुन ५ तारिखमा उडान भरेको केही समयपछि इन्जिनमा आगो लागेपछि आपतकालीन अवतरणका लागि टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएको एयर लाइभले जनाएको हो ।
करिब ४ सय यात्रु बोकेको विमान पेरिसका लागि ७ घण्टाको उडानका लागि प्रस्थान गरेको थियो तर केही समयमै दाहिने इन्जिनमा आगो लागेको थियो ।
त्यसपछि पाइलटहरूले तुरुन्तै आपतकालीन अवतरणका लागि अनुरोध गरेका थिए र ३ हजार ३ सय फिटको उचाइमा लगेका थिए ।
उनीहरूले विमानलाई केही बेर कम उचाइमा राखेर विमानस्थलमा अवतरण गराएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया