विश्व

भारतको तेलंगानामा गुटखा र पान मसालाको बिक्री-वितरणमा प्रतिबन्ध

इकागज |
जेठ १५, २०८१ मंगलबार १३:२६:१६ बजे

काठमाडौँ- भारतको तेलंगाना सरकारले राज्यभरि खैनी र निकोटिन युक्त गुटखा र पान मसालाको उत्पादन, भण्डारण, वितरण, ढुवानी र बिक्रीमा एक वर्षको प्रतिबन्ध लगाएको छ ।

खाद्य सुरक्षा आयुक्तले जनस्वास्थ्यलाई ध्यानमा राख्दै आदेशको घोषणा गरेका भारतीय संचारमाध्यम द हिन्दूले जनाएको हो । उक्त नियम सन् २०२४ को मे २४ देखि लागू भएको छ ।


यस आदेशले आइतवार दिउँसोदेखि हैदराबादको बजारहरूलाई बाधा पुगेको थियो किनभने पान पसल मालिकहरूले उक्त नियम पालना गर्न इच्छुक भएपनि सो क्षेत्र असंगठित प्रकृतिको भएका कारण पूर्ण प्रतिबन्धमा समस्या देखिएको छ ।


Author

थप समाचार
x