विश्व

भारतीय टिभी च्यानल डिडी किसानले दुई एआई एंकर सार्वजनिक गर्दै

इकागज |
जेठ १२, २०८१ शनिबार १३:२२ बजे

काठमाडौँ- भारतमा किसानहरूका लागि सरकारको समर्पित टिभी च्यानल दूरदर्शन किसानले मे २६ मा एआई कृष र एआई भूमि नामक दुई आर्टिफिशियल इन्टेलिजेन्स (एआई) एंकरहरू सार्वजनिक गर्ने भएको छ ।

यससँगै एआईलाई भित्र्याउने डिडी किसान भारतको पहिलो सरकारी टिभी च्यानल बन्ने इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


एआई एंकरहरू मानव प्रस्तुतकर्ताहरू जस्तै हेर्न र कार्य गर्न डिजाइन गरिएका छन् र उनीहरुले बिना विश्राम लगातार समाचारहरू प्रस्तुत गर्न सक्षम हुने बताइको छ ।

एआई एंकर एआई कृष र एआई भूमिले कश्मीरदेखि तमिलनाडु र गुजरातदेखि अरुणाचल प्रदेशसम्म फैलिएको भारतभरका किसानहरूलाई महत्त्वपूर्ण जानकारी दिनेछन् ।


Author

थप समाचार
x