विश्व

सिंगापुर एयरलाइन्स 'टर्बुलेन्स' : एकको मृत्यु, ३० जना घाइते

इकागज |
जेठ ११, २०८१ शुक्रबार ८:३ बजे

तस्बिर : रोयटर्स

काठमाडौँ- लण्डनबाट सिंगापुरका लागि उडेको सिंगापुर एयरलाइन्सको विमानमा भयानक 'टर्बुलेन्स' (हावाको तीब्र झट्का) हुँदा एक यात्रुको मृत्यु भएको छ ।

मे २० मा सिंगापुर एयरलाइन्स (SIA)को उडान बोइङ ७७७-३०० इआर विमान लन्डन (हिथ्रो)बाट सिंगापुर उडानको क्रममा टर्बुलेन्स हुँदा ७३ वर्षीय बेलायती यात्रु जेफ्री किचनको मृत्यु भएको हो । उनलाई उडानकै क्रममा हृदयघात भएको थियो । त्यस्तै अन्य ३० जना घाइते भएको सीएनएनले जनाएको छ । घाइतेहरूको बैंकक अस्पतालमा उपचार भइरहेको छ । 


लण्डनबाट सिंगापुर उडेको करिब १० घण्टापछि ३७ हजार फिटको उचाइमा रहेको विमानको इरावदी बेसिनमा अचानक गम्भीर टर्बुलेन्स भयो र पाइलटले मेडिकल इमर्जेन्सी घोषणा गरेका थिए । त्यसपछि विमान बैंककमा आपतकालीन ल्या०्डिङ गरिएको थियो ।

घटनाको अनुसन्धानमा एयरलाइन्सले सम्बन्धित निकायलाई पूर्ण सहयोग गरिरहेको एसआईएका प्रमुख कार्यकारी अधिकृत गोह चुन फङले बताए । 

विमानमा २११ यात्रु र १८ चालक दलका सदस्यमध्ये तीन भारतीय, अष्ट्रेलियाका ५६, क्यानडाका २, जर्मनीका १, भारतका ३, इन्डोनेसियाका २, आइसल्याण्डका १, आयरल्यान्डका ४, इजरायलका १, मलेसियाका १६, म्यानमारका २ र न्यूयोर्कका २३ जना रहेका थिए ।

त्यस्तै विमानमा फिलिपिन्सका २३, जिल्याण्डका ५, सिंगापुरका ४१, दक्षिण कोरियाका १, स्पेनका २, बेलायतका ४७ र अमेरिकाका ४ जना यात्रु रहेका थिए । 


Author

थप समाचार
x