विश्व

मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

इकागज |
जेठ १, २०८१ मंगलबार १०:५३ बजे

काठमाडौँ - भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ ।​

बृहन्मुम्बई महानगरपालिकाका अनुसार हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ । ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका छन् । एक जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।


होर्डिङ बोर्ड पेट्रोल पम्पमा ढलेको र वर्षाका कारण ओत लिएका मानिसहरूलाई लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सोमबार साँझ जिमखाना नजिक भएको यो दुर्घटनापछि राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), दमकल र प्रहरी टोलीलाई तत्काल राहत उपलब्ध गराउन घटनास्थलमा पठाइएको थियो । 


Author

थप समाचार
x