विश्व

मिशुस्टिनलाई रुसी प्रधानमन्त्रीमा पुनः नियुक्त गर्ने पुटिनको प्रस्ताव

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १४:१५ बजे

फाइल तस्बिर

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिशुस्टिनलाई पुनः रुसको प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्‌को तल्लो सदन स्टेट ड्युमामा प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री पदका लागि राष्ट्रपति पुटिनले अघि सारेका उम्मेदवारलाई राज्य डुमाको शुक्रबारको बैठकले अनुमोदन गर्ने राज्य डुमाका सभामुख व्याचेस्लाभ भोलोदिनलाई बताएका छन् । 


मंगलबार क्रेमलिनमा पुटिनले रुसी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेपछि मिशुस्टिनले कानुन बमोजिम रुसी मन्त्रिपरिषद्‌को प्रमुखबाट राजीनामा दिएका थिए । (सिन्ह्वा)


Author

थप समाचार
x