विश्व

इजरायलको सैन्य गुप्तचर प्रमुखले राजीनामा दिए

इकागज |
बैशाख १०, २०८१ सोमबार १७:३१ बजे

काठमाडौँ - इजरायलको मिलिटरी इन्टेलिजेन्स प्रमुख अहारोन हलिभाले राजीनामा दिएका छन् ।

हलिभा अक्टोबर २०२३ मा इजरायलमा हमासको आक्रमणपछि राजीनामा दिने पहिलो इजरायली अधिकारी हुन्।


गत वर्ष, हलेवाले सुरक्षा कमजोरीको जिम्मेवारी स्वीकार गरे।

सुरक्षामा लापरवाहीका कारण मात्रै आक्रमण हुन सक्ने उनले बताए ।

अक्टोबर ७ मा भएको यो हमलामा १२०० भन्दा बढी इजरायली मारिएका थिए भने सयौं इजरायली हमासले अपहरण गरेका थिए।

इजरायलले हमासलाई ध्वस्त पार्ने र बन्धकहरूलाई मुक्त गर्ने उद्देश्यका साथ गाजामा आफ्नो सबैभन्दा तीव्र युद्ध सुरु गरेर जवाफ दियो।

गाजामा ३४ हजार भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिलाहरू छन् ।


Author

थप समाचार
x