विश्व

ब्राजिलमा डेंगुले १६०१ जनाको मृत्यु

इकागज |
बैशाख १०, २०८१ सोमबार ९:० बजे

ब्राजिल- ब्राजिलमा यस वर्ष डेंगुका कारण अहिलेसम्म १६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

समाचारअनुसार थप २ हजार ६१ जना गम्भिर रूपमा बिरामी भएकामाथl अनुसन्धान भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार देशव्यापी रूपमा डेंगुको कुल ३.५ मिलियन संदिग्ध केसहरू रिपोर्ट गरिएको छ । र, दक्षिण अमेरिकी देशमा डेंगु ज्वरोको घटना दर हाल प्रति १ लाख बासिन्दामा १ हजार ७४१ जनामा डेंगुका शङ्कास्पद लक्षणहरू देखा परेका छन् ।

पुष्टि भएको मृत्युको संख्या २०२३ मा कुल १,१७९ मृत्युको तुलनामा ३५ प्रतिशत बढी हो । शुक्रबारसम्म अद्यावधिक गरिएको तथ्याङ्कअनुसार महिलाहरू यो रोगको चपेटामा धेरै परेका छन्, पुष्टि भएका घटनाहरूको ५५.२ प्रतिशत महिलाहरूमा देखिएको छ । सबैभन्दा महत्त्वपूर्ण रूपमा प्रभावित जनसांख्यिकीय समूह २० देखि २९ वर्षको उमेरको दायराभित्र पर्दछ।

सरकारले यो रोगविरुद्ध देशको खोप कार्यक्रम पालना गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । डेंगु एडिस एजिप्टाई लामखुट्टेबाट सर्छ र गम्भीर अवस्थामा घातक हुन सक्छ ।


Author

थप समाचार
x