टिकटकमाथि प्रतिबन्ध वा जबरजस्ती बिक्री गर्न लगाउने संशोधित विधेयक पारित
काठमाडौँ- यूएस हाउस अफ रिप्रिजेन्टेटिभ्सले सामाजिक सञ्जाल प्लेटफर्म एप टिकटकलाई बेच्न वा अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने संशोधित विधेयक पारित गरेको छ ।
हाउस अफ रिप्रिजेन्टेटिभ्स आइतबार पारित गरेको विधेयकले टिकटकका मालिक बाइटडान्सलाई टिकटक एप बेच्न वा अमेरिकामा प्रतिबन्ध खेप्न बाध्य पार्ने टेकक्रन्चले जनाएको छ ।
टिकटकलाई प्रतिबन्ध लगाउने प्रयासहरू ट्रम्प प्रशासनले गरे पनि पछिल्लो समय यो मुद्दा पुनर्जीवित भएको हो ।
अमेरिकामा गत मार्चमा समान विधेयक पारित भएको थियो जसले तर सिनेटले खासै चासो देखाएको थिएन ।
तर संशोधित विधेयकले बाइटडान्सलाई टिकटकलाई नौ महिना (अघिल्लो विधेयकमा ६ महिनाको तुलनामा) बेच्नको लागि समय दिएको छ । साथै राष्ट्रपतिलाई थप ९० दिनको समय थप्न सक्ने प्रावधान राखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया