विश्व

मारिए हमासको ‘आपतकालीन समिति’ का प्रमुख घामरी

इकागज |
चैत २८, २०८० बुधबार ७:३१ बजे

तेलअहिव- हमासको ‘आपतकालीन समिति’का प्रमुख हतेम अल घामरी मारिएका छन् ।

मध्य गाजामा रहेको शरणार्थी शिविरमा गएराति इजरायलले गरेको हवाई आक्रमणमा हमासको ‘आपतकालीन समिति’का प्रमुख घामरी मारिएका हुन् ।


सो समिति नगरपालिकाहरूमा सार्वजनिक व्यवस्था र नागरिक नियन्त्रण कायम राख्ने जिम्मा लिएको हमासको निकाय हो ।

इजरायली रक्षा सेवाका अनुसार घामरी हमासको सैन्य शाखामा पनि एक प्रमुख अपरेटिभको रूपमा रहेका थिए, जो माघाजी शरणार्थी शिविर क्षेत्रबाट रकेट आक्रमणका लागि जिम्मेवार थिए ।

साथै सो आक्रमणमा परी अन्य पाँच जनाको मृत्यु भएको प्यालेस्टिनी मिडियाले जनाएको छ ।

उता युद्धविराम सम्झौताका लागि हमासको माग पूरा गर्न इजरायलले अस्वीकार गरेको छ । इजरायलले हमासको कुनै पनि माग पूरा नगर्ने जनाएको छ ।

तर, युद्धविरामको प्रस्ताव अघि बढाएको उग्रवादी समूह हमासले जनाएको छ ।

इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले काइरोमा इजरायलसँग युद्धविराम गर्नका लागि बोलाइएको वार्तामा हमासलाई प्रस्ताव पठाइएको थियो, जसमा दुवै पक्षबाट कैदी आदानप्रदानको बदलामा लडाईं रोकिने छ ।


Author

थप समाचार
x