विश्व

कुकुरसँग यौन सम्बन्ध राखेको आरोपमा अमेरिकामा नर्स पक्राउ

इकागज |
चैत २७, २०८० मंगलबार १०:२४ बजे

वासिंगटन डिसी- अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ ।

साथै अमेरिकी प्रहरीले नर्सका श्रीमान् विलियम मिचेल केनलाई टेक्सासको एक सुपरमार्केट नजिकै बालबालिकासँग अश्लिल क्रियाकलाप गरिरहेको पक्रेको थियो ।


प्रहरीले अभियुक्त युवकको मोबाइल फोन जाँच्दा छक्क परेको बताएको छ । किनभने मोबाइलमा दर्जनौं विचलित भिडियो र तस्बिरहरू थिए । आरोपित युवकको फोनमा उनकी श्रीमतीले आफ्नो घरपालुवा कुकुरसँग धेरै किसिमका यौन क्रियाकलाप गरेको निकै विचलित पार्ने भिडियो भेटिएको छ । यसबाहेक बाल अश्लिल सामग्री पनि फेला परेको छ ।

त्यसपछि प्रहरीले अभियुक्तको घरमा छापा मारेर १८ र १० वर्षका बालबालिका र तीन वटा कुकुरलाई मुक्त गरेको थियो । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x