विश्व

एलन मस्कले रोबोट्याक्सी सार्वजनिक गर्दै

इकागज |
चैत २५, २०८० आइतबार १४:४५ बजे

काठमाडौँ- टेस्ला कार उत्पादक कम्पनीका कार्यकारी प्रमुख एलन मस्कले 'रोबोट्याक्सी' सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

मस्कले सामाजिक सञ्जालमार्फत आगामी अगस्ट ८ तारिखमा रोबोट्याक्सी सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।


उनले रोबोट्याक्सी टेस्लाको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक हुने बताए ।

टेस्लाले मानव नियन्त्रण नरहने कार बनाउने र टेस्ला कार सफ्टवेयरको माध्यमबाट चालकरहित सवारीलाई प्रोत्साहन गर्दै जाने मस्कले सन् २०१९ मै घोषणा गरेका थिए ।

कारहरूले पूर्ण रूपमा स्वायत्त ट्याक्सीको रूपमा सडकमा आवागमन गर्न र विना कुनै मानवीय सहयोग यात्रुहरूलार्ई ट्याक्सी चढाउने र झार्ने गर्नुका साथै राम्रो आम्दानी गर्न सक्ने उनले बताए ।


Author

थप समाचार
x