विश्व

भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

इकागज |
चैत २५, २०८० आइतबार ८:५५ बजे

नयाँदिल्ली- मुलुकको विदेशी मुद्रा सञ्चिति २९ मार्चमा समाप्त भएको साता २ अर्ब ९५ करोड डलरले बढेर ६४५ अर्ब ५८ करोड डलरको नयाँ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । 

यो जानकारी भारतीय रिजर्व बैंक अर्थात् आरबीआईले दिएको हो । विदेशी मुद्रा सञ्चिति बढेको यो लगातार छैटौं साता हो ।


त्यसको एक साताअघि मुलुकको विदेशी मुद्रा सञ्चिति १४ करोड डलरले बढेर ६४२ अर्ब ६३ करोड डलर पुगेको थियो । यसअघि सन् २०२१ सेप्टेम्बरमा देशको विदेशी मुद्रा सञ्चिति ६४२.४५ अर्ब डलरको उच्च विन्दुमा पुगेको थियो ।

विश्वव्यापी गतिविधिको दबाबको बीचमा केन्द्रीय बैंकले मुद्राको गिरावटलाई रोक्न विदेशी मुद्रा सञ्चिति प्रयोग गर्‍यो, जसले विदेशी मुद्रा सञ्चितिमा केही गिरावट आएको थियो । आरबीआईले हरेक हप्ता विदेशी मुद्रा सञ्चिति र सुनको भण्डारको तथ्याङ्क सार्वजनिक गर्छ ।

आरबीआईको तथ्याङ्क अनुसार मार्च  २९ गतेको साता विदेशी मुद्रा सम्पत्ति २ अर्ब ३५ करोड डलरले बढेर ५७० अर्ब ६१८ अर्ब डलर पुगेको छ । विदेशी मुद्रा सम्पत्ति विदेशी मुद्रा सञ्चितिको एक महत्वपूर्ण भाग हो। डलरमा व्यक्त गरिएको विदेशी मुद्रा सम्पत्तिमा यूरो, पाउन्ड र येन जस्ता गैर अमेरिकी मुद्राहरूमा हुने उतार चढावको प्रभाव पनि समावेश छ।

साथै, आरबीआईले समीक्षा हप्तामा सुनको सञ्चिति ६७३ मिलियन डलरले बढेर ५२.१६ अर्ब डलर पुगेको जनाएको छ ।
 


Author

थप समाचार
x