विश्व

सबैखाले भिडियो हेर्नका लागि फेसबुकको 'अपडेटेड भिडियो प्लेयर'

इकागज |
चैत २४, २०८० शनिबार १४:२३ बजे

काठमाडौँ- मेटाअन्तर्गतको सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले सबैखाले भिडियो हेर्नका लागि 'अपडेटेड भिडियो प्लेयर' ल्याएको छ ।

उक्त भिडियो प्लेयरले रिल्स, लामा भिडियोहरू तथा जुनसुकै लम्बाइको लाइभ भिडियोलाई सँगै ल्याउन मद्दत गर्ने मेटाले जनाएको छ ।


तर, उक्त सुविधा सुरुवाती चरणमा अमेरिका र क्यानाडामा आईओएस र एन्ड्रोइडमा उपलब्ध गराइने भएको छ ।

विश्वव्यापी रूपमा भने उक्त सुविधा केही महिनापछि मात्र उपलब्ध हुने मेटाले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।


Author

थप समाचार
x