विश्व

सामसङले टेक्ससको चिप निर्माण गर्ने कम्पनीको लगानी ४४ बिलियन डलर पुर्‍याउने

इकागज |
चैत २३, २०८० शुक्रबार १६:२३ बजे

काठमाडौँ- जर्मन टेक्नोलोजी कम्पनी सामसङ इलेक्ट्रोनिक्सले अमेरिकाको टेक्ससमा रहेको चिप निर्माण गर्ने कम्पनीको लगानी ४४ विलियन अमेरिकी डलर पुर्‍याउने भएको छ ।

वाल स्ट्रिट जर्नलले जनाएअनुसार सामसङको नयाँ लगानी खासगरी टेलर सहरमा केन्द्रित हुने भएको छ ।


टेलर सहरमा सामसङले अर्धचालक सुविधा निर्माण गरिरहेको तथा सो स्थानमा सामसुङले अब अर्को चिपमेकिंग प्लान्ट र उन्नत 'प्याकेजिङ हब' निर्माण गर्ने योजना बनाएको जनाइएको छ ।

यता अमेरिकी सरकारले टेक्ससको टेलर सहरमा व्यवसाय विस्तारका लागि सामसङलाई ६ बिलियन डलर सहयोग गर्ने योजना समेत बनाएको ब्लुमबर्ग न्यूजले यसअघि जनाएको थियो ।

सन् २०२१ मा सामसङले टेलर सहरमा १७ बिलियन डलरको प्रोजेक्ट घोषणा गरेको थियो ।


Author

थप समाचार
x