विश्व

अलास्का एयरलाई बोइङले तिर्‍यो १६० मिलियन अमेरिकी डलर

इकागज |
चैत २३, २०८० शुक्रबार १३:२३ बजे

काठमाडौँ- अमेरिकी विमान निर्माता कम्पनी बोइङले अमेरिकी एयरलाइन्स अलास्का एयरलाई १ सय ६० मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिरेको छ ।

गत जनवरीमा अलास्का एयरको विमानबाट उडेको केही समयपछि ढोकाको 'प्लग' खसेपछि नियामकहरूले बोइङ ७३७ म्याक्स ९ को झण्डै २ सय विमान अस्थायी रूपमा ग्राउन्ड गराएका थिए ।


अलास्काले सो रकमले वर्षको पहिलो तीन महिनामा गुमेको नाफालाई सम्बोधन गर्ने र यसले आगामी महिनाहरूमा थप भुक्तानीहरूको अपेक्षा गर्न सकिने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

उक्त घटनापछि हजारौं उडानहरू स्थगित गरिएको थियो । जसका कारण गत जनवरीमा अलास्काले १ सय ५० मिलियन डलर क्षति हुने चेतावनी दिएको थियो ।


Author

थप समाचार
x