विश्व

एटीएन्डटीका ७ करोड ३० लाख ग्राहकको व्यक्तिगत विवरण 'डार्क वेब'मा सार्वजनिक

इकागज |
चैत १८, २०८० आइतबार १२:१९ बजे

काठमाडौँ- अमेरिकी टेलिकम्युनिकेसन होल्डिङ कम्पनी एटीएन्डटीका ७ करोड ३० लाख ग्राहकका व्यक्तिगत विवरण 'डार्क वेब' मा सार्वजनिक गरिएको छ ।

बीबीसीले जनाएअनुसार ७ करोड ३० लाख वर्तमान तथा पूर्व ग्राहकका व्यक्तिगत विवरण डार्क वेबमा सार्वजनिक गरिएको हो ।


एटीएन्डटीले मानिसहरुका ठेगानाहरू, सामाजिक सुरक्षा नम्बरहरू र पासकोडहरू सहितका जानकारी डार्क वेबमा प्रकाशित गरिएको थियो ।

एटीएन्डटीले तथ्यांक चोरी भएको संकेत गर्ने प्रमाणहरू पहिचान नगरिएपनि अनुसन्धान गर्न साइबर सुरक्षा विशेषज्ञहरू ल्याइएको जनाएको छ ।

कम्पनीले ग्राहकको पासकोड रिसेट समेत गरिसकिएको बताएको छ ।


Author

थप समाचार
x