विश्व

पेरूमा राष्ट्रपतिकाे निवासमा मारियाे छापा

इकागज |
चैत १८, २०८० आइतबार ८:८ बजे

लिमा - पेरुका राष्ट्रपति डिना बोलुआर्टको घरमा लग्जरी घडी प्रकरणको छानबिनका लागि छापा मारिएको छ ।

राष्ट्रपति बोलुआर्टेको घरमा अज्ञात लग्जरी घडीहरूसँग जोडिएको भ्रष्टाचार अनुसन्धानको एक भागको रूपमा छापा मारिएको पेरूको प्रहरीले जनाएको छ । 


पुलिस कागजातलाई उद्धृत गर्दै बोलुआर्टेले घोषणा नगरेको रोलेक्स घडीहरू खोज्न शनिबार बिहानको छापामा ४० जना अधिकारीहरू उनको निवासमा पुगेका थिए ।

प्रहरी र अभियोजकको कार्यालयको संयुक्त अपरेसन स्थानीय टेलिभिजन च्यानल ल्याटिनामा प्रसारण गरिएको थियो। टेलिभिजनमा अनुसन्धान टोलीका सरकारी एजेन्टहरू राष्ट्रपतिको निवासमा स्लेज ह्यामरको साथ तोडफोड गरिरहेको देखिएको थियो ।

राजधानी लिमाको सुर्किलो जिल्लामा सरकारी एजेन्टहरूले घर घेरेपछि अधिकारीहरूले त्यस आसपासको क्षेत्रमा आवतजावतमा रोक लगाएका थिए। 
प्रहरीले छापा मारिरहँदा त्यसबेला राष्ट्रपति भने घरमा नदेखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

‘छापा खोजी र कब्जाको उद्देश्यका लागि हो,’ महान्यायाधिवक्ताको कार्यालयको अनुरोधमा न्यायपालिकाले अधिकृतले सो बारेमा जानकारी दिँदै भने  ।

तर, प्रहरीको एक्कासि गरेको छापा पछि भने सरकार आक्रोशित भएको छ । 

‘जे जे भयो त्यो राष्ट्रपतिको गरिमा र यसले प्रतिनिधित्व गर्ने राष्ट्रको लागि असहनीय आक्रोश हो, यी कार्यहरू असंगत र असंवैधानिक छन्,’ प्रधानमन्त्री गुस्ताभो एड्रियनजेनले आरपीपी रेडियो र टेलिभिजनलाई सम्वोधन गर्दै भने ।

स्थानीय समाचार आउटलेट ला एन्सेरोनाले राष्ट्रपतिले आधिकारिक कार्यक्रममा विभिन्न रोलेक्स घडीहरू लगाएर जाने गरेको रिपोर्ट गरेपछि अधिकारीहरूले यस महिना बोलुआर्टेमा अनुसन्धान सुरु गरेको जनाएका छन् ।

सार्वजनिक तलबमा यति महँगो टाइम पिसहरू कसरी खर्च गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ दिँदै उनले आफू १८ वर्षको उमेर देखि नै कडा मेहनतको फल भएको बताइकी थिइन ।  मिडियालाई व्यक्तिगत मामिला नचर्काउनसमेत आग्रह गरेकी थिइन ।

महान्यायाधिवक्ता जुआन भिलेनाले यस हप्ता बोलुआर्टेलाई दुई हप्ताको लागि अदालतमा उपस्थित हुन अनुरोध गरेको तर त्यस अनुरोधलाई अस्विकार गरेको भन्दै  ढिलाइ गरेको भन्दै आलोचना गरेका छन । अनुसन्धानमा सहयोग गर्ने र उनको घडी खरिद गरेको प्रमाण उपलब्ध गराउनु पर्ने भन्दै राष्ट्रपतिले त्यस दायित्वबाट भाग्न नमिल्ने जनाएका छन ।

उनले यो पनि भने कि बोलुआर्टे अनुसन्धानका लागि तीन रोलेक्स घडीहरू उत्पादन गर्न बाध्य थिए र तिनीहरूको डिस्पोजल वा विनाशको विरुद्ध चेतावनी दिए।
 


Author

थप समाचार
x